काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्यो भन्ने भ्रम छ भने फाल्न आग्रह गरे ।
‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस्’, उनले भने । अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए ।
‘तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्यौं, तपाईहरुको रोग हामीलाई पनि सर्यो’, उनले भने ।अब आफूहरु प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै नआउने अध्यक्ष प्रचण्डले बताए । ‘तपाईहरुले ढुक्कसँग चलाए हुन्छ सरकार, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ’, उनले भने ।
प्रचण्डले अगाडि भने, ‘हामी अलिअलि बिग्रिन थालेका थियौं, जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने प्रचण्डले भने । जति सिट ल्याए पनि एक्लै लड्ने उनले बताए ।
आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको प्रचण्डले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी कार्यालय अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
क्षतिग्रस्त पार्टी कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड
पार्टी काममा फर्किए प्रचण्ड, आज पार्टी कार्यालयको निरीक्षण गर्ने
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो