एजेन्सी । इजरायलले इरानमा हवाई आक्रमण सुरु गरेको छ । एक महिना अघि इरानले गरेको आक्रमणको प्रतिकार स्वरूप इजरायलले अहिले सो आक्रमण गरेको हो । शनिवार बिहान तेहरानमा धेरै पटक विस्फोटको आवाज सुनिएको थियो ।
एक महिना अघि हिजबुल्लाहका नेता हसन नसरल्लाह लगायत अन्य धेरै नेता मारिए पछि यसको प्रतिक्रिया स्वरूप इरानले इजरायलमा आक्रमण गरेको थियो । यस पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका थिए, ‘इरानले धेरै ठूलो गल्ती गरेको छ । आफूलाई कसरी सुरक्षित राख्ने तथा आफ्ना शत्रुहरूलाई कसरी सक्ने भन्ने इजरायलले जानेको छ।’
यस वर्ष इजरायलले धेरै इस्लामिक सैन्य समूहसँग युद्ध गरिरहेको छ । गाजामा हमास, लेबनानमा हिजबुल्लाह तथा यमनमा हुथीसँग इजरायलको लडाइ एकै पटक चलेको छ ।
अमेरिकाले पनि यस आक्रमणबारे प्रतिक्रिया जनाइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमा गरेको आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको जनाएका छन् । इरानमा आक्रमण भइरहेको समयमा प्रधानमन्त्री नेतान्याहु भने तेल अभिभस्थित किरिया सैन्य शिविरको बङ्करमा थिए ।
इजरायलले अहिलेको आक्रमण इरानको ऊर्जा संरचनामा लक्षित नरहेको जनाएको छ ।
एक महिना अघि नै इजरायलले इरानको सैन्य संरचनामा मात्र लक्षित गरेर आक्रमण गर्ने जनाएको थियो । तेल र आणविक संरचनामा आक्रमण नगर्ने इजरायलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १० कार्तिक २०८१, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’
सिरियामा अमेरिकाले सुरु गर्यो 'ठूलो सैन्य आक्रमण'
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
पाकिस्तानी सैन्य चौकीमा तालिबानी आक्रमण, सीमामा भीषण झडप
इजरायली आक्रमणमा अल जजीराका पाँच पत्रकारको मृत्यु
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु