काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ ।
सो जिल्ला कमिटीले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउँदै मनसुनजन्य विपत्ति लगत्तै सरकारले प्रभावकारीरुपमा खोज, उद्धार र राहतका काम गरेको जनाउँदै अबका दिनमा ललितपुर जोडिएका राजमार्ग, ठुला सडक, विद्युत् र सञ्चारका संरचना पुनः सञ्चालन तथा मर्मतका लागि ध्यान दिन आग्रह गरेको छ ।
सो जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले प्राकृतिक विपलबाट जिल्लामा ४६ को मृत्यु, पाँच बेपत्ता भएका तथा १८ जना उपचाररत रहेको र २१२ भन्दा बढी परिवार विस्थापित हुन पुगेको जानकारी गराएका छन् । उनले ललितपुरको पुनः निर्माणका लागि कम्तीमा रु. तीन अर्ब बजेट विनियोजन गर्न माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझेपछि प्रधानमन्त्री ओलीले सरकारले खोज, उद्धार र राहत तथा पुनः व्यवस्थापनका काम प्रभावकारीरुपमा गरिरहेको उल्लेख गर्दै गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावितको दोस्रो किस्ता बाँकी रहेको अवस्थामा वर्तमान सरकारले निकासा दिन थालेको जानकारी दिए ।
उनले हुँदै नभएका कमजोरीलाई पनि कमजोरी देखाएर गलत प्रचार गर्ने शैली हुन नहुनेमा जोड दिए । सो अवसरमा एमाले बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराई, केन्द्रीय सदस्यहरू सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, रुपनारायण श्रेष्ठ, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
पब्लिक डिबेटका लागि तयार भएका ओलीले भने : 'एमाले देश बनाउने तर्फबाट मैदानमा छ'
दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं