एन आई सी एशियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोलौँ

सफल खबर संवाददाता

सोमबार, २९ असोज २०७५, १८ : २८
एन आई सी एशियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोलौँ

काठमाडौँ । “सोच बदलौं, एन आई सी एशिया बैंक नै रोजौँ” भन्ने मुल नाराका साथ एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै बैंक खाता खोल्न लाइनमा बसीरहन नपर्ने र अब घरैमा बसी झण्झटरहित तरीकाबाट आफ्नो बैंक खाता खोल्न सक्नेछन् । अब ग्राहक महानुभावहरुले अनलाइनबाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट पाउन सक्नेछन् । यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहक महानुभावहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको छ ।  

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६१ शाखा कार्यालयहरु, २ सय ५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ ।

बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६४ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस