महालक्ष्मी विकास बैंकद्वारा प्रशंसा ढकाललाई छात्रवृति प्रदान

सफल खबर संवाददाता

सोमबार, २९ असोज २०७५, १६ : ४७
महालक्ष्मी विकास बैंकद्वारा प्रशंसा ढकाललाई छात्रवृति प्रदान

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले मिति २०७५/०६/२३ गते तिलागुफा ९, कालिकोट, कर्णाली घर भई हाल काठमाडौंको मीनभवन स्थित विनायक सुधा निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत प्रशंसा ढकाललाई छात्रवृति प्रदान गरेको छ । विपन्न परिवारमा हुर्किएकी ढकाल अत्यन्त लगनशील तथा जेहेन्दार छात्रा हुन् । 

कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटद्वारा राष्ट्रिय नाचघर जमल, काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच बैंकले ती छात्रालाई छात्रवृति स्वरुप रु. ५० हजारको चेक हस्तान्तरण गरेको छ । पूर्व परराष्ट्रमन्त्री प्रकाश शरण महतको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बैंकले ढकालको उच्च शिक्षा हाँसिल गर्न सघाउ पु¥याउने हेतुले छात्रवृति प्रदान गरेको हो । 
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस