काठमाडौं । एक खेल अगाडि अमेरिकाविरुद्धको टी–२० आई सिरिज उचालेको नेपालले अन्तिम खेलमा १५७ रनको चुनौती पाएको छ।
टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर नेपालविरुद्ध १५६ रन बनाएको हो। पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको थियो। तेस्रो खेल जित्दै नेपाल सिरिज क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा छ।
अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले तीन विकेट लिएका छन् । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले एकएक विकेट लिए अन्य बलर भने चल्न सकेनन् ।
नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका अमेरिकाका साइतेजा मुक्कामल्लाले अर्धशतक बनाए । उनले ५१ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । अर्का ब्याट्सम्यान मिलिन्द कुमारले नटआउट ४३ रन जोडे । ३५ बलको सामना गरेका उनले चार चौका हिर्काए । नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ कार्तिक २०८१, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
नेपाल एसियन गेम्समा छनोट