काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । अर्थात ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । एक लाख २२ हजार १७१ विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए । तीमध्ये दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने २ जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा शिक्षा समितिको बैठक सुरु
एसइईको पूरक परीक्षा तालिका सार्वजनिक
एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड
१२ को प्रश्नपत्र बाहिरिएको होइन, भ्रामक सूचनाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड
कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने निर्णय भएको थिएन : राष्ट्रिय परीक्षा बोर्ड