काठमाडौँ । प्रहरीले भक्तपुरमा सञ्चालित जुवा खालमा छापा मारेर ५ जनालाई पक्राउ गरेको छ । सुर्यबिनायक नगरपालिका–८ बाट प्याचा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।
काठको गट्टा बनाएर हारजित हुनेगरी प्याचा खेल्ने गरिन्छ । जुवा खालबाट प्रहरीले ३ लाख ५६ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका निदेश दाहाल, भक्तपुरको मध्यपुर थिमी बस्ने शिवराम श्रेष्ठ, राजु नकर्मी, उमेश श्रेष्ठ र पदम श्रेष्ठ छन् ।
आरोपीहरुले सुर्यबिनायकको गणेश मन्दिर नजिकै प्याचा खेलेका हुन् । आरोपीहरु बिरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ