काठमाडौँ । प्रहरीले भक्तपुरमा सञ्चालित जुवा खालमा छापा मारेर ५ जनालाई पक्राउ गरेको छ । सुर्यबिनायक नगरपालिका–८ बाट प्याचा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।
काठको गट्टा बनाएर हारजित हुनेगरी प्याचा खेल्ने गरिन्छ । जुवा खालबाट प्रहरीले ३ लाख ५६ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका निदेश दाहाल, भक्तपुरको मध्यपुर थिमी बस्ने शिवराम श्रेष्ठ, राजु नकर्मी, उमेश श्रेष्ठ र पदम श्रेष्ठ छन् ।
आरोपीहरुले सुर्यबिनायकको गणेश मन्दिर नजिकै प्याचा खेलेका हुन् । आरोपीहरु बिरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ