काठमाडौं । दशैंपछिको यो साता सेयर बजार २.८८ प्रतिशत बढेको छ ।
दशैंअघि गत साता २६६८ अंकमा बन्द भएको बजार यो साता ७७ अंक बढ्दै २७४५ अंकमा पुगेको हो । दशैं विदाका कारण यो साता ३ दिन मात्रै कारोबार भयो । तीनै दिन बजार बढ्यो । मंगलबार ३१.४८, बुधबार ४३.२२ र बिहीबार २.४७ अंकले बढ्यो ।
बजार बढ्दा कारोबार रकम पनि बढ्दै गएको छ । मंगलबार ३ अर्ब ६ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब ६६ करोड र बिहीबार ७ अर्ब १९ करोडको भयो । साउन ३० गते ३००० अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झर्यो । त्यसयता बजार पुनः उकालो गतिमा देखिएको छ ।
घट्दो ब्याजदर र पर्याप्त लगानीयोग्य रकमले बजारलाई साथ दिइरहेको छ । बजारको पूँजीकरण ४३ खर्ब ६५ अर्ब रुपैयाँ बराबर पुगेको छ । साउन ३० गते यो हालसम्मकै उच्च ४७ खर्ब ६५ अर्ब रुपैयाँसम्म पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ कार्तिक २०८१, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट