काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरका ४७ थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारतको विहार राज्य मोतीहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्णकुमार महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०३-००१ ख २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ कार्तिक २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ