काठमाडौं। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाई रहेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोली उनलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट स्रोत नखुलेको नगद, ५ थान विभिन्न बैंकको एटीएम कार्डलगायत सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीउपर हुण्डीसम्बन्धी कारोबारसम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ कार्तिक २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
चितवनमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको कसुरमा एकजना पक्राउ