काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–१ बस्ने मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१ बस्ने ५१ वर्षीय कुमार बहादुर बिश्वकर्मा समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ६ सय ८० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१७ ड्यामसाईडस्थित ५३ वर्षीय योगेनद्र शेरचनको लेते थकाली भान्छा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–९ नयाँबजार बस्ने ६८ वर्षीय विनोद शेरचन समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६९ हजार ६० रुपैयाँ र १४ बुक तास सहित पक्राउ गरेको हो ।
कास्कीकै ड्यामसाईड बस्ने ४६ वर्षीय प्रताप गुरुङको फाइनल स्कोर स्पोर्ट्स बारमा जुवातास खेलिरहेको अवस्थामा प्रताप समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३ सय ५० रुपैयाँ र २ सय २४ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ कार्तिक २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ