काठमाडौ । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने तय भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार साँझ ५ बजेका लागि बैठक तय भएको छ ।
बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बनाउने बताइएको छ ।
यसअघि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो।
सोही निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ कार्तिक २०८१, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद् आज विस्तार हुँदै, यी हुन थपिने चार मन्त्री
प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
चन्द्रकुवेर खापुङ ७१ दिनका लागि प्रहरी महानिरीक्षकमा नियुक्त