काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। सामाजिक अभियन्ता भनिने युवराज सफलले बिहीबार ओलीविरुद्ध उजुरी दर्ता गराएका हुन्।
सफलले प्रधानमन्त्री ओलीलाई विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराएको आरोप लगाएका छन्। उनले व्यापारीले उक्त पार्टी कार्यालयको भवनसमेत बनाइदिने सहमति भएको भन्दै अख्तियारमा छानबिनको माग गरेका छन्।
सफलले दिएको उजुरीमा भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर गुरुङसँगको साँठगाँठको विषय उल्लेख गरेका छन्। निवेदनमा भनिएको छ, ‘२०८१ असोज २५ गते नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा गुरुङद्वारा उपलब्ध गराइएको र उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको विषयले गम्भीर शंका उत्पन्न भएको छ।’
सञ्चारमाध्यमहरूमा आएको प्रमाणहरूका आधारमा उजुरीमा प्रधानमन्त्रीले सरकारी सम्पत्ति हिनामिना गरेको र विवादास्पद व्यक्तिसँग मिलेर लाभ लिने प्रयास गरेको आरोपसमेत सफलले लगाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ कार्तिक २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री