कथा संग्रह मैयाँको विमोचन

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०७५, १७ : ५८
कथा संग्रह मैयाँको विमोचन

चितवन । निर्दोष जीवनद्वारा लिखित कथा संग्रह मैयाँको आइतबार एक समारोहबीच नारायणगढमा विमोचन गरिएको छ ।
नारायणगढमा रहेको सम्पूर्ण किताब परिसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार धनराज गिरीले पुस्तक विमोचन गर्नुभएको हो । युरेका पब्लिकेसनले बजारमा ल्याएको कथा संग्रह मैयाँबारे चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो ।
सम्पूर्ण किताबकी सञ्चालक शिक्षा सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि इश्वर कँडेल, समीक्षक उदय अधिकारी, साहित्यकार इन्दिरा जोशी, कथाकार निर्दोष जीवन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस