हुम्लामा जनता बैंकको ३ शाखाबाट कारोवार सुभारम्भ

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०७५, १७ : ४०
हुम्लामा जनता बैंकको ३ शाखाबाट कारोवार सुभारम्भ

हुम्ला । नेपाल सरकारको सबै स्थानीय तहमा बैंक शाखा पु¥याउने योजनालाई आत्मसाथ गर्दै जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकै साथ कारोवार सुभारम्भ गरेको छ । हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार सुरु गरिएको हो । अन्य शाखाहरु जस्तै यी शाखाहरुबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा सुरु गरिएको छ । उच्च पहाडी तथा हिमाली  क्षेत्रका जनताहरुलाई देशको अन्य क्षेत्रसँग वित्तीय संजालमा जोड्न यी शाखाहरु महत्वपूर्ण हुनेछन् । साथै हाल सम्म मोटर बाटोको पहुँच नपुगेको यि दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ्ग सेवाले केही सहजता प्रदान गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

यी शाखाहरु समेत गरी जनता बैंकको देश भरीमा शाखा सञ्जाल १ सय २६ पुगेको छ । यी शाखाहरु अतिरिक्त बैंकले ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर, २ सिमित बैंकिङ इकाई र ४० शाखारहित बैंकिङहरुबाट ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस