ब्रिटिस वेलफेयर कार्यालयमा दशैँको शुभकामना आदानप्रदान

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०७५, १७ : २१
ब्रिटिस वेलफेयर कार्यालयमा दशैँको शुभकामना आदानप्रदान

चितवन । ब्रिटिस वेलफेयर कार्यालय कृष्णपुर, चितवनमा दशैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भूतपूर्व ब्रिटिस सैनिक र बहालवाला ब्रिटिस सैनिक एवं उनीहरुको परिवारका सदस्यहरुको जमघट भएको थियो ।
दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा नारायणी बराह ज्वेलर्सले गोलाप्रथाबाट पहिलो, दोस्रो र तेस्रोलाई चाँदीको करुवा प्रदान गरेको थियो । यसैगरी मायाको चिनो २५ जनालाई वितरण गरिएको नारायणी बराह ज्वेलर्सका शरण विकले जानकारी दिनुभयो । कार्यक्रममा ब्रिटिस आर्मीका बहालवाला मेजर लोक गुरुङ समेत उपस्थित हुनु भएको थियो ।
नारायणी बराह ज्वेलर्सले यस वर्ष पहिलोपटक ब्रिटिस वेलफेयर कार्यालयसँग सहकार्य गरेर उपहार तथा मायाको चिनो वितरण गरेको हो । नारायणी बराह ज्वेलर्सका शरण विकले आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस