काठमाडौ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको मोदीवेणीदेखि मुडिकुवा सडक खुलेको छ ।
वर्षायामको बेला ठाउँठाउँमा पहिरो जाँदा गत असारदेखि अवरुद्ध बनेको सडक बुधबारदेखि सञ्चालन भएको हो । नेपालीको महान् चाड बडादसैँलाई लक्षित गर्दै फलेबास नगरपालिकाको पटकपटकको आग्रहपछि आयोजना कार्यालयले सडक मर्मत गरेर सञ्चालनमा ल्याएको फलेबास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए ।
सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक खुलाउन आनाकानी गरेपछि नगरपालिकाले आयोजनालाई आग्रह दिएको थियो ।
सडक सञ्चालन भएसँगै कुश्मादेखि दक्षिण पर्वतका फलेबास, महाशिला, विहादी, पैँयु गाउँपालिकामा जाने सवारीसाधन सो मार्ग हुँदै चल्न थालेका छन् । त्यस क्षेत्रमा बासिन्दालाई झण्डै एक घण्टाको सवारी यात्रा छोटिएको नगरप्रमुख तिवारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असोज २०८१, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो
पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
पहिरोले महाकाली राजमार्ग अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध