काठमाडौँ । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको हो । आज बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा २ सय ४४ कम्पनीको शेयर कारोबार हुँदा २ सय ७ कम्पनीको मूल्य घटेको छ । ३५ कम्पनीको मूल्य बढ्दा २ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ ।परिसूचकमा उच्च गिरावट हुँदा आज बजारमा १३ मध्ये १२ वटा उपसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूह भने आन स्थिर रहेको छ । आज बजारमा सबैभन्दा धेरै गिरावट फाइनान्स कम्पनी उपसमूहको २.७६ प्रतिशतले भएको छ । बैंकिङ र माइक्रोफाइनान्स उपसमूहबाहेक बाँकी सबै उपसमूहका परिसूचकहरू एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज बजारमा सेयरमूल्य बढेका कम्पनीमध्ये मध्य सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक मूल्य घटेको इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले ८.५ प्रतिशत मूल्य गुमाएका छन् । बजारमा आज एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँ बराबरको कारोबार भयो । कारोबार सङ्ख्याको आधारमा भने नेपाल फाइनान्स सबैभन्दा अगाडि भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असोज २०८१, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार
४.५ अंकले घट्यो सेयर बजार
बढ्यो नेप्से, १० अर्ब ८७ करोडको कारोबार
२.०७ अंकले बढ्यो सेयर बजार