कञ्चनपुर । कञ्चनपुरमा गएराति जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेलौरी नगरपालिका-६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी हुन्।
इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बेलौरी नगरपालिका-५ स्थित पुष्पलाल स्मृति सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परेर चौधरीको मृत्यु भएको हो।
सोमबार राति साढे १ बजेतिर नाचगान हेरेर चौधरी र उनका अन्य दुई साथी घर फर्किंदै थिए। त्यसैबेला उनीहरूलाई हात्तीले आक्रमण गरेको हो। चौधरीका दुई साथीले भागेर ज्यान जोगाएका छन्।
दसैँ सुरु भएसँगै थारु समुदायमा सखियाको रौनक छ। थारु बस्तीमा यतिबेला राति सखिया नाच हुने गर्छ।नाचगान गरेर फर्किने क्रममा जंगल क्षेत्रमा हात्तीको आक्रमणमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असोज २०८१, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते