चितवन । नेकपा माओवादी केन्द्र्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको बताएका छन् ।
आफू प्रधानमन्त्री हुँदा रोष्टमबाट तत्कालीन गृहमन्त्री लामिछानेबारे जवाफ दिन अनुसन्धान गर्ने निकायमा केही प्रमाण छ भने दिनुस् भनेर सोध्दा तीनवटै सुरक्षा निकाय र पोखरा प्रहरीले प्रमाण नभएको बताएको भन्दै प्रचण्डले बताए ।
आज चितवन आइपुगेका प्रचण्डले आफूले संसदको रोष्टमबाट लामिछानेलाई गलत ढंगले क्लीन चीट दिएको नभई प्रमाण नभएको कुरा बताएको दाबी गरे । उनले पत्रकारहरुसँग भने, ‘सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय कार्यदलले पनि लामिछानेलाई दोषी देखाएको छैन ।’
प्रचण्डले गोरखा मिडिया नेटवर्कसम्बन्धी केही चिज छ भनिएको, यद्यपि पोखराको अदालतले समेत रविलाई समाउन दोषी नभएको भनेको आफूले सुनेको बताए । रवि, बालेन, दुर्गा प्रसाईंहरुलाई प्रचण्डले चलाएको भन्ने प्रधानमन्त्री केपी ओलीले आफूलाई आरोप लगाएको भन्दै उनले उनीहरु निर्वाचित भएदेखि नै आफूले उनीहरुले चुनाव जित्दै गर्दा लोकतन्त्रका नयाँ फूलहरु हुन् संरक्षण गर्नुपर्छ भनेको र त्यो भनाइमा अहिले पनि दृढ रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने