काठमाडौँ । नेपाल एयरलाइन्सले न्यारोबडी जहाजमार्फत भैरहवा उडान गर्न अनुमति मागेको छ । एयरलाइन्सले फूलपातीको दिन काठमाडौँबाट भैरहवाका लागि चार्टर्ड उडान भर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको हो ।
प्राधिकरणका सूचना अधिकारी नेपाल एयरलाइन्सले अनुमतिका लागि पत्र पठाएको उल्लेख गर्दै यो स्वीकृतिको चरणमा रहेको बताए । ‘उहाँहरुले अक्टोबर १० (फूलपातीको दिन)का लागि चार्टर्ड उडानको अनुमति माग्नुभएको छ, त्यो स्वीकृतिको प्रक्रियामा छ,’ उनले भने ।
न्यारोबडी जहाजले एक पटकमा १६० जना बोक्न सक्छ । यो जहाज क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । अहिले नियमित रूपमा उडान हुँदै आएका जहाजको क्षमता भने ७२ सिटको हुन्छ । सडक अवरुद्ध हुँदा यात्रुको चाप बढेसँगै विकल्प खोजिएको क्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै