काठमाडौँ । नेपाल एयरलाइन्सले न्यारोबडी जहाजमार्फत भैरहवा उडान गर्न अनुमति मागेको छ । एयरलाइन्सले फूलपातीको दिन काठमाडौँबाट भैरहवाका लागि चार्टर्ड उडान भर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको हो ।
प्राधिकरणका सूचना अधिकारी नेपाल एयरलाइन्सले अनुमतिका लागि पत्र पठाएको उल्लेख गर्दै यो स्वीकृतिको चरणमा रहेको बताए । ‘उहाँहरुले अक्टोबर १० (फूलपातीको दिन)का लागि चार्टर्ड उडानको अनुमति माग्नुभएको छ, त्यो स्वीकृतिको प्रक्रियामा छ,’ उनले भने ।
न्यारोबडी जहाजले एक पटकमा १६० जना बोक्न सक्छ । यो जहाज क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । अहिले नियमित रूपमा उडान हुँदै आएका जहाजको क्षमता भने ७२ सिटको हुन्छ । सडक अवरुद्ध हुँदा यात्रुको चाप बढेसँगै विकल्प खोजिएको क्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन