एजेन्सी । जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङल्याण्डले विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा इङल्याण्डले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।
इङल्याण्डले दिएको ११९ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनाएको थियो ।
यस अघि पहिला ब्याटिंग गर्दै इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको थियो ।
यो जितपछि इङल्याण्डले पहिलो खेल जितेर २ अंक हासिल गरेको छ । त्यस्तै पहिलो खेल जितेको बंगलादेशले भने दोस्रो खेलमा हार बेहोरेको छ ।
इङल्याण्डले अब अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने छ भने बंगलादेशले विहिबार वेस्ट इन्डिजसँग खेल्ने तालिका छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० असोज २०८१, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिम्बावेविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा प्रवेश
महिला टी-२० विश्वकपको एसिया छनोट : जितका लागि नेपालले पायो ११५ रनको लक्ष्य