जिम्बावेविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

सफल खबर संवाददाता

शनिबार, १० माघ २०८२, १३ : ४६
जिम्बावेविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले महिला टी-२० विश्वकप ग्लोबल छनोटको जिम्बावेविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ ।

नेपालकी कप्तान इन्दु बर्माले शनिबार टस जितेर त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा जिम्बावेलाई पहिला ब्याटिङका लागि बोलाएकी हुन् । नेपाल र जिम्बावे पहिलो पटक आमनेसामने भएका हुन् ।

सुपर सिक्समा पुग्ने झिनो आशालाई कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने अवस्था छ । पहिलो पटक टी-२० विश्वकप ग्लोबल छनोटमा खेलिरहेको नेपाल पहिलो जित हात पार्ने आशामा रहेको छ ।

नेपाल पहिलो दुई खेलमा पराजित भइसकेको छ । नेपाललाई थाइल्यान्डले ८ विकेटले र नेदरल्यान्ड्सले २ रनले पराजित गरेको थियो । जिम्बावे पहिलो ३ खेलमा पराजित भएर सुपर सिक्समा पुग्ने सम्भावनाबाट बाहिरिसकेको छ । जिम्बावे यस प्रतियोगितामा नेदरल्यान्ड्स, थाइल्यान्ड र स्कटल्यान्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस