महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०८२, १४ : १५
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौँ। काठमाडौँमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा‌ नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । २ रन आवश्यक हुँदा थाइल्याण्डले विजयी चौका प्रहार गरेको हो ।

प्रतिक्रिया दिनुहोस