नवलपरासी । शुक्रबार साँझ सडक भासिएपछि मर्मत् गरेर मध्यरात एकतर्फी सञ्चालन गरिएको दाउन्ने सडक शनिबार बिहान फेरि अवरुद्ध भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट- ४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि आज बिहानदेखि पुन: यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको हो ।
शुक्रबार साँझ सडक भासिएपछि मर्मतगरी मध्यरातमा केही घण्टा सञ्चालन भए पनि अहिले फेरि सडक दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराले जानकारी दिए ।
भासिएको सडकको मर्मतको काम भइरहेको उनले बताए । सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्न केही समय लाग्ने उनले बताए ।
राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने/जाने सवारी जाममा रोकिएका छन् ।
यसअघि असोज १४ गते पनि सोही स्थानमा सडक भासिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला