नवलपरासी । शुक्रबार साँझ सडक भासिएपछि मर्मत् गरेर मध्यरात एकतर्फी सञ्चालन गरिएको दाउन्ने सडक शनिबार बिहान फेरि अवरुद्ध भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट- ४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि आज बिहानदेखि पुन: यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको हो ।
शुक्रबार साँझ सडक भासिएपछि मर्मतगरी मध्यरातमा केही घण्टा सञ्चालन भए पनि अहिले फेरि सडक दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराले जानकारी दिए ।
भासिएको सडकको मर्मतको काम भइरहेको उनले बताए । सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्न केही समय लाग्ने उनले बताए ।
राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने/जाने सवारी जाममा रोकिएका छन् ।
यसअघि असोज १४ गते पनि सोही स्थानमा सडक भासिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो
कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध
सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो
पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै
दाउन्नेमा लामो जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध