काठमाडौ । गत भदौ १८ गतेसम्म प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका फेसबुक फलोअर्स ६ लाख ६६ हजार थिए भने पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ५ लाख ७८ हजार। अर्थात् फेसबुकमा प्रचण्डलाई भन्दा ओलीलाई पछ्याउने (फलो गर्ने) मानिस बढी थिए।
तर अहिले अवस्था ठीक उल्टो भएको छ। हाल (२०८१ असोज १९) ‘कमरेड प्रचण्ड’फेसबुक पेजमा फलोअर्सको संख्या ६ लाख २९ हजार छ भने ‘केपी शर्मा ओली’ फेसबुक पेजको फलोअर्स संख्या ६ लाख १० हजार छ।
फेसबुकमा ओलीको फलोअर्स घट्नुको प्रमुख कारण काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का समर्थकले चलाएको ‘अनफलो’ अभियान हो।
मेयर शाहले गत भदौ १६ गते एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध लेखेको स्टाटस भदौ १८ गते फेसबुकले हटाइदिएपछि बालेन समर्थकले त्यही साँझदेखि फेसबुकमा ओलीविरुद्ध अनफलो अभियान चलाएका थिए।
जसका कारण केपी शर्मा ओली फेसबुक पेजको फलोअर्स ६ लाख ६६ हजारबाट एकदिनमै ७७ हजार घटेर भदौ १९ गते ५ लाख ८९ हजारमा झरेको थियो। पछि केही ‘रिकभर’ भए पनि ओलीको फेसबुक फलोअर्स पहिलेकै अवस्थामा फर्कन सकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने