काठमाडौ । गत भदौ १८ गतेसम्म प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका फेसबुक फलोअर्स ६ लाख ६६ हजार थिए भने पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ५ लाख ७८ हजार। अर्थात् फेसबुकमा प्रचण्डलाई भन्दा ओलीलाई पछ्याउने (फलो गर्ने) मानिस बढी थिए।
तर अहिले अवस्था ठीक उल्टो भएको छ। हाल (२०८१ असोज १९) ‘कमरेड प्रचण्ड’फेसबुक पेजमा फलोअर्सको संख्या ६ लाख २९ हजार छ भने ‘केपी शर्मा ओली’ फेसबुक पेजको फलोअर्स संख्या ६ लाख १० हजार छ।
फेसबुकमा ओलीको फलोअर्स घट्नुको प्रमुख कारण काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का समर्थकले चलाएको ‘अनफलो’ अभियान हो।
मेयर शाहले गत भदौ १६ गते एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध लेखेको स्टाटस भदौ १८ गते फेसबुकले हटाइदिएपछि बालेन समर्थकले त्यही साँझदेखि फेसबुकमा ओलीविरुद्ध अनफलो अभियान चलाएका थिए।
जसका कारण केपी शर्मा ओली फेसबुक पेजको फलोअर्स ६ लाख ६६ हजारबाट एकदिनमै ७७ हजार घटेर भदौ १९ गते ५ लाख ८९ हजारमा झरेको थियो। पछि केही ‘रिकभर’ भए पनि ओलीको फेसबुक फलोअर्स पहिलेकै अवस्थामा फर्कन सकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असोज २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग