महोत्तरी। स्रोत नखुलेको ११ लाख ८१ हजार ३ सय रूपैयाँसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको साम्सी गाउँपालिका- ६ साम्सीगाउँका ४२ वर्षीय शेष हसमत अली छन् ।
उनलाई महोत्तरीको मनरासिसवा नगरपालिका- २ भोल्ही चोकबाट मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र २-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ