महोत्तरी। स्रोत नखुलेको ११ लाख ८१ हजार ३ सय रूपैयाँसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको साम्सी गाउँपालिका- ६ साम्सीगाउँका ४२ वर्षीय शेष हसमत अली छन् ।
उनलाई महोत्तरीको मनरासिसवा नगरपालिका- २ भोल्ही चोकबाट मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र २-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ