एजेन्सी । पीएसजीलाई पराजित गर्दै आर्सनलले यूईएफए च्याम्पियन्स लिगमा पहिलो जितको स्वाद लिएको छ।
इमिरेट स्टेडियममा भएको खेलमा आर्सनलले पीएसजीमाथि २–० को जित निकालेको हो।
लिगको पहिलो खेलमा एटलान्टासँग बराबरी गरेको आसर्नलले दोस्रो चरणमा आएर पहिलो जित निकालेको हो।
खेलको पहिलो हाफमा गरेको दुई गोल नै आर्सनलका लागि पर्याप्त भयो। आर्सनलका लागि काइ हाभार्टज र बुकायो साकाले समान एक गोल गरे।
खेलको २० औँ मिनेटमा हाभार्टजको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३५ औँ मिनेटमा साकाले एक् गोल थप्दै आर्सनललाई २–० को अग्रता दिलाएक थिए।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा आर्सनलले पिएसजीमाथि सहज जित निकालेको हो। लिगमा एक खेलमा जित र एक खेलमा बराबरी गर्दै ४ अंक बनाएको आर्सनल अंक तालिकाको आठौँ स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १६ असोज २०८१, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोटनह्यामलाई हराउँदै सुपर कपको उपाधि पीएसजीको पोल्टामा
पीएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि
फ्रेन्च लिग: ६ खेल अघि नै पीएसजीले हात पार्यो उपाधि