काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेत्रप्रसाद घिमिरे, मोहम्मद नुरुल हुसेन खाँसहितका प्रतिवादीहरूलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ४३ लाख ७० हजार रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको मागदाबी गरेको थियो। तर, विशेषले उनीहरूलाई सफाइ दिँदै बोलपत्र मूल्याङ्कन समितिले कुनै अनियमितता नगरेको र प्रतिवादीहरूले कानूनविपरीत कार्य नगरेको फैसला गरेको थियो ।
उक्त फैसलामा असहमति जनाउँदै आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो । सिपवा घाट बालुवा उत्खनन्, संकलन तथा बिक्रीको ठेक्कामा उनीहरूले राजस्व चुहावट गरेको दाबीसहित आयोगले मुद्दा दायर गरेको थियो ।
आयोगले कमलेशप्रसाद बर्मा (कोहार), जयप्रकाश लाल श्रीवास्तव, अशोककुमार दुबे, निरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तव र सन्दीप तिवारी भन्ने सन्दीपकुमार त्रिपाठीलाई पनि राजश्व चुहावट कार्यमा मतियार बनेको भन्दै प्रतिवादी बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस
माछा नै नभएको ठाउँमा माछापोखरी देखाएर भ्रष्टाचार गरियो : अख्तियार
अख्तियार विधेयक अघि बढाउन विपक्षी दलहरूको माग
इन्जिनियरविरुद्ध साढे ३ करोडको भ्रष्ट्राचार मुद्दा दायर
पोखरा महानगरका अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर