काठमाडौं। सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाको संयुक्त प्रयासमा काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै १५ प्रमुख स्थानहरूमा यात्रु सहायता कक्षको व्यवस्था गरिएका कम्पनीले जनाएको छ ।
दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरूको संख्या उल्लेख्य रूपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ बसपार्क, गौशाला, चापागाउँ, हलचोक, चावहिल, जावलाखेल बाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक हुने अनुमानसँगै उनीहरूलाई टिकट बुकिङलगायतका समस्याबाट मुक्त गराउन सहायता कक्षले सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।
उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो टिकटको मूल्य महँगो तथा टिकट नै नपाउने रहने गरेको छ । आवतजावतको क्रममा यात्रीलाई सुरक्षासम्बन्धी सु-सूचित गर्न सहायता कक्षले मनिटरिङ गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट