काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका पदाधिकारीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न खुमलटार पुगेका छन् ।
अहिले छलफल जारी रहेको प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।
संगठनको जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा पेस भएको मस्यौदा विधानमाथि उठेको प्रश्नको जवाफ दिएपछि आजै संशोधन सहित पारित गर्ने कार्यतालिका छ । नेतृत्वको छनोटका लागि बेलुकादेखि निर्वाचन प्रक्रिया अगाडि बढ्दैछ ।
पार्टीले सकेसम्म सहमतिमा नेतृत्व चुन्न सुझाव दिएको छ । तर नेतृत्वका आकाङ्क्षीहरूले प्रत्यक्ष निर्वाचनमा जोड दिएका छन् । यस्तै उमेर हदको विषयमा पनि सहमति भैसकेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग
भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु: ‘प्रचण्ड’
मधेशमा जस्तै अरू प्रदेशमा पनि एमालेबाहेकको सत्ता समीकरण देखिन्छ: प्रचण्ड