काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका पदाधिकारीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न खुमलटार पुगेका छन् ।
अहिले छलफल जारी रहेको प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।
संगठनको जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा पेस भएको मस्यौदा विधानमाथि उठेको प्रश्नको जवाफ दिएपछि आजै संशोधन सहित पारित गर्ने कार्यतालिका छ । नेतृत्वको छनोटका लागि बेलुकादेखि निर्वाचन प्रक्रिया अगाडि बढ्दैछ ।
पार्टीले सकेसम्म सहमतिमा नेतृत्व चुन्न सुझाव दिएको छ । तर नेतृत्वका आकाङ्क्षीहरूले प्रत्यक्ष निर्वाचनमा जोड दिएका छन् । यस्तै उमेर हदको विषयमा पनि सहमति भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड