काठमाडौँ । नौबिसे–नागढुंगा सडक खण्डको झ्याप्ले खोलाको पहिरोबाट थप तीन शव निकालिएको छ।
सशस्त्र प्रहरीका डीएसपीको कमान्डमा र नेपाली सेना , नेपाल प्रहरी सहितको टोलीले उद्धारका क्रममा पहिरो हटाउँदै जाँदा बसको आधा भाग देखिएको छ।
उक्त बस गोरखाबाट आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला
मर्स्याङ्दी किनारमा शव फेला