काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।
अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गरेका थिए ।
नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा जस्तै अरू प्रदेशमा पनि एमालेबाहेकको सत्ता समीकरण देखिन्छ: प्रचण्ड
चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड
विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो जरुरी: प्रचण्ड
'चुनाव हामी जित्छौं तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ' : प्रचण्ड
कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउछौं : प्रचण्ड
प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा