काठमाडौं । आम जनता पार्टी अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले अविरल बर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुटन पार्टीका नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।
बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण देशैभरि ठुलोमात्रामा जनधनका साथै भौतिक पुर्बाधारको क्षति भएको छ । कतिपय परिवार घरबारविहीन भएका छन् ।‘अविरल बर्षाले धेरै परिवार घरबार बिहिन भई खाने, बस्ने समस्यामा छ । बिहान के खाने, राति कहाँ सुत्ने पीडाले पीडित परिवारलाई तत्काल सहयोगको आवश्यकता छ । बाढीपहिरोले पीडित परिवारलाई उद्धार गर्न आवश्यक छ’ आजपा अध्यक्ष साहले भने,‘अविरल बर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा लाग्न आम जनता पार्टीका साथीहरुलाई म बिशेष अनुरोध गर्दछु ।’
साथै उनले पीडित परिवारलाई तत्काल उद्धार, सहयोग गर्दै खाने, बस्ने ब्यवस्थापन लगायत बिषयमा बिशेष ध्यान दिन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् । आज शनिबार विभिन्न नदीहरुमा आएको बाढीले स्थानीय नागरिकहरु समस्यमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह