काठमाडौं । आम जनता पार्टी अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले अविरल बर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुटन पार्टीका नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।
बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण देशैभरि ठुलोमात्रामा जनधनका साथै भौतिक पुर्बाधारको क्षति भएको छ । कतिपय परिवार घरबारविहीन भएका छन् ।‘अविरल बर्षाले धेरै परिवार घरबार बिहिन भई खाने, बस्ने समस्यामा छ । बिहान के खाने, राति कहाँ सुत्ने पीडाले पीडित परिवारलाई तत्काल सहयोगको आवश्यकता छ । बाढीपहिरोले पीडित परिवारलाई उद्धार गर्न आवश्यक छ’ आजपा अध्यक्ष साहले भने,‘अविरल बर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा लाग्न आम जनता पार्टीका साथीहरुलाई म बिशेष अनुरोध गर्दछु ।’
साथै उनले पीडित परिवारलाई तत्काल उद्धार, सहयोग गर्दै खाने, बस्ने ब्यवस्थापन लगायत बिषयमा बिशेष ध्यान दिन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् । आज शनिबार विभिन्न नदीहरुमा आएको बाढीले स्थानीय नागरिकहरु समस्यमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह
भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक बन्दैन : प्रभु साह
राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प छैन : प्रभु साह
भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं: प्रभु साह