काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन्। बिहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटिसी सिमुलेटर तथा आधारभूत एयर ट्राफिक सर्भिस तालिमको उद्घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
'कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनु हुँदैन । नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ । शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन,'मन्त्री पाण्डेले भने,' प्रधानमन्त्री स्वदेश फर्किएपछि उहाँलाई भेटेर फिर्ता ल्याउने प्रक्रियाको बारेमा कुरा गर्छु।'
उनले जग्गा फिर्ता भएपछि दक्ष जनशक्ति उत्पादन गर्नका लागि आवश्यक संरचना बनाउने समेत विश्वास व्यक्त गरे। मन्त्री पाण्डेले एकेडेमीलाई जग्गा अपुग भएको बताउँदै सरकारले लिएको एकेडेमीको जग्गा एकेडेमीमै फर्काउने गरि पहल गर्ने दावी गरे।
मन्त्री पाण्डेले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले भने,'नागरिक उड्डयन क्षेत्र कमजोर भयो भने धेरै कुरा देखाउन सक्दैनौं । हामीसँग नेपालको आकाश सुरक्षित भन्ने सन्देश प्रवाह हुने गरि काम गर्न जरूरी छ । नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउन जरूरी छ । असुरक्षित छ भन्ने गलत भाष्य र प्रवृत्ति रोक्नुपर्छ । '
मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्नका लागि कुनै कसर बाँकी नराख्न नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक (डिजी) लाई निर्देशन दिँदै त्यसको जिम्मा प्राधिकरणले लिनुपर्ने बताए ।
त्यसैगरी उनले नेपालका एयरलाइन्सलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले आवश्यक हस्तक्षेप गर्दै अघि बढ्ने समेत दाबी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको मौलिक पहिचान नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्छ : मन्त्री पाण्डे
संस्कृतिका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्छ: मन्त्री पाण्डे
पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे
मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरूमा यस विषयमा कुरा भएको छैन: मन्त्री पाण्डे
देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्छ : मन्त्री पाण्डे
हिमाल जोगाउन नसके नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे