काठमाडौं । आम जनता पार्टी (आजपा) सप्तरीले गृहमन्त्री रमेश लेखकलाई बिभिन्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सिंहदरबारमा पुगेर आजपा नेताले आज गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो ।
सप्तरी जिल्लामा भईरहेको घुस एवं कमिसनको खेल बन्द गर्नुपर्ने माग गर्दै आजपाले सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडियो) मेघबहादुर मग्रान्ती, तत्कालिन प्रहरी उपरिक्षक (एसपी) गजुसिद्धि बज्राचार्य, तत्कालिन प्रहरी सहायक उपरिक्षक (डिएसपी) दुण्डिराज न्यौपाने, नापी अधिकृत सुमनकिशोर मिश्र लगायतकालाई कानूनी कारवाही गर्न माग गरिएको छ ।
यस्तै नापी कार्यालय राजविराजको घट्नाक्रमको विषयमा निष्पक्ष छानविनका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्न माग समेत आजपाले गरेको छ । साथै सप्तरीको राजविराज स्थित नापी कार्यालयमा भएको घटनाका दिन उपस्थित सम्पुर्ण कर्मचारीलाई नार्को टेस्ट गर्न समेत माग गरिएको छ ।
यसैगरी आजपाले मिटरव्याजी एवं लघुवित्त पीडितलाई प्रहरी प्रशासनले गर्ने हेपाहा प्रवृक्तिको व्यवहार अन्त्य गर्नुपर्ने र साथै त्यस्तो प्रवृत्ति देखाउने कर्मचारीलाई कारवाही गर्न माग गरिएको छ । संविधान अनुसार वाक स्वतन्त्रताको पूर्ण प्रत्याभुति हुनुपर्ने माग समेत गरिएको छ ।
‘म प्रमोद शाह राणा विगत लामो समय देखि समाजसेवामा रही आवाज बिहिन आम नागरिकको पक्षमा बोल्दै र लडदै आएको मान्छे म पछिलो पटक देशभर मीटर व्याज पीडितहरुको पक्षमा उनीहरुलाई न्याय दिलाउन पैदल यात्रा गर्दै काठमान्डौ सम्म आएर सरकारसँग न्यायका लागि गुहार लगाउने मान्छे हो’ राणाले भने ।
हालै नापी कार्यालय राजविराजमा भएको घटनाको ’boutमा गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउँदै दुख दिने र उल्टै झुठो मुद्धामा फसाउन खोज्नेलाई कडा कारवाही गर्न माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकले दिए राजीनामा
राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकद्वारा आइजिपी दीपक थापाको बिदाइ
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु पर्दैन’ : गृहमन्त्री लेखक
अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक