काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका २६ जना नेता पार्टी छाडेर राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् । तर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले एक वर्ष अगाडि कारबाहीमा परेकाहरूले पार्टी छाडेको दाबी गरेका छन् ।
उनले भने– ‘अहिले नागरिक उन्मुक्ति पार्टी छाडेको भन्नेहरूलाई एक वर्ष अगाडि नै पार्टीले कारबाही गरिसकेको थियो, पार्टीमा उहाँहरू हुनुहुन्न तर पार्टीको नाम बदनाम गराउने काम गरेको छ । उनीहरू हाम्रो पार्टीका होइनन् ।’
आफूलाई नागरिक उन्मुक्ति पार्टीको उपाध्यक्ष भन्ने विजयकुमार यादव एक वर्षअघि नै पार्टी छाडेर अर्को कुनै पार्टीमा प्रवेश गरिसकेको उनले बताए । अहिले राष्ट्रिय मुक्ति क्रान्तिमा जाँदा नागरिक उन्मुक्ति पार्टी छाडेर आएको भन्नु त्यो सरासर गलत भएको संरक्षक चौधरीले बताए ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि त्यसरी पार्टी छाडेको बारेमा आफूलाई जानकारी नरहेको बताइन् । अस्वस्थताका कारण अस्पतालमा रहेकाले त्यसबारे आफूलाई जानकारी नरहेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिवारमै फुटको राजनीति : नागरिक उन्मुक्ति पार्टीको संकट र रेशम-रञ्जिता सम्बन्धको समीकरण
नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो
रञ्जिताले स्पष्टीकरण नबुझाएपछि अनुशासन समितिको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
नाउपाद्वारा सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ