काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले सोधेको स्पष्टीकरण जवाफ फर्काएकी छैनन् । आइतबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई २४ घण्टाभित्र जवाफ दिने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पार्टी अध्यक्ष श्रेष्ठले स्वास्थ्यको कारण देखाएर कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई तोकेकी थिइन् । उनले गरेको निर्णयले पार्टीभित्र विवाद उत्पन्न भएको छ । श्रेष्ठलाई स्पष्टीकरणका लागि उपलब्ध गराइएको समयावधि मंगलबार नै सकिएको छ । तोकिएको अवधिभित्र श्रेष्ठले स्पष्टीकरण नबुझाएको अनुशासन समितिले जनाएको छ ।
पार्टीभित्र विवादित बनेकी श्रेष्ठबारे आवश्यक निर्णय लिन नाउपाको राष्ट्रिय भेला बुधबारका लागि बोलाएको छ । श्रेष्ठलाई कारबाहीका लागि अनुशासन समितिले गरेको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ साउन २०८२, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
नाउपाद्वारा सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत