काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा कुनै एउटा दलको बहुमत आउने गरी निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन् । न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले अहिलेको मिश्रित निर्वाचन प्रणालीबाट कसैको बहुमत नआउने भएकाले अस्थिरता कायम रहने बताए । अहिले ३७५ सदस्यीय प्रतिनिधिसभामा ६० प्रतिशत सांसद प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ४० प्रतिशत समानुपातिक पद्धतिबाट निर्वाचित हुन्छन् । कोइरालाले समानुपातिकबाट निर्वाचित हुने प्रतिशत घटाए पनि हुने बताएका हुन् ।
‘त्यो ४० प्रतिशतले कुनैपनि दलको बहुमत कहिल्यै पनि आउन सक्दैन । बहुमत आउने गरी बनाउनुपर्यो हामीले । समानुपातिकको प्रतिशत घटाए हुन्छ । कम प्रतिशत राख्ने’, उनले भने ।
त्यसको सट्टा प्रत्यक्ष निर्वाचनमा नै महिला, दलित, आदिवासी जनजातिलाई आरक्षण दिन सकिने कोइरालाको भनाइ छ । ‘महिला, दलित, जनजातिहरुको सिट रिजर्भ गरिदिन सकिन्छ’, उनले भने ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री पनि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ भन्नेमा रहेको कोइरालाको भनाइ छ ।‘ओलीजीसँग मैले कुरा गर्दा निर्वाचन प्रणालीमा केही परिवर्तन गरेर अगाडि जानुपर्छ भन्नेमा हुनुहुन्छ । बहुमत कसरी ल्याउन सकिन्छ भन्नेमा हुनुहुन्छ । न्यायपालिकामा पनि छ जस्तो लाग्छ । धेरै इस्युहरुमा चलाउन थालियो भने हामीले केही गर्नै सक्दैनौँ भन्ने पनि छ’, उनले भने ।
त्यस्तै संविधान संशोधन गरेर न्यायपरिषद र संवैधानिक परिषदको संरसचना पनि परिवर्तन गर्न सकिने उनले बताए । संवैधानिक परिषदमा प्रधानन्यायाधीश राख्नु बेठीक भएको उनले बताए । ‘प्रधानन्यायाधीश संवैधानिक परिषद्मा किन हुनुपर्दैन भने नि प्रधानन्यायाधीशले भाग खोज्ने सिस्टम आयो हाम्रो देशमा त्यसले न्यायपालिकामा प्रत्यक्ष असर गरिराखेको छ’, कोइरालाले भने ।
न्याय परिषदमा पनि नेपाल बार एशोसिएशनको प्रतिनिधित्व गराउनुपर्ने र सरकारको सिफारिसमा नियुक्त हुने सदस्य राख्न नहुने उनको भनाइ छ ।संविधान संशोधन जटिल विषय भएकाले सरकारले अहिलेदेखि नै तयारी सुरु गर्नुपर्ने उनले बताए । ‘संविधान संशोधन सामान्य विषय नै होइन । त्यति सजिलो छैन अहिलेपनि । दुई तिहाइले पास गर्नुपर्ने हुन्छ । तर होमर्वक त सुरु गर्नुपर्यो नि त । होमवर्क नै सुरु भएको छैन’, कोइरालाले भने ।
विज्ञहरुको एउटा आयोग गठन गरेर वा संसदबाटै पनि संशोधन गर्न सकिने उनको भनाइ छ । ‘आयोग बनाउँदा त्यसको बेग्लै इम्प्याक्ट हुन्छ । के गर्दा राम्रो हुन्छ, त्यसरी जानुपर्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ असोज २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्
भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला
शेखर कोइराला होइन्, देउवा नै चाहन्थे सत्ता समिकरण फेर्न
'कुलिङ अफ पिरियड’ नराख्न संशोधन हालेर एमालेबाट धोका भएको भन्दै शेखरले जनाए आपत्ति
विद्या भण्डारीलाई भेट्न भंगाल पुगे शेखर कोइराला, के भयो छलफल ?