काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । प्रसाईंका छोरा निरज प्रसाईंले सोमबार दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेशी तोकिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) ले साइबर ब्यूरोमा चरित्र हत्या गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा जाहेरी दिएपछि प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद थप गरेर हिरासतमा राख्ने अनुमति दिएपछि उनको रिहाइको माग गर्दै छोरा सर्वोच्च पुगेका हुन् । प्रसाईंलाई पक्राउ गरेको विरोधमा समर्थकहरूले काठमाडौँ, झापा लगायतका ठाउँमा विरोध प्रदर्शन पनि गरेका छन् ।
विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ असोज २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम