काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवासँगको भेटमा प्रतिनिधिहरूले विभिन्न समस्या उल्लेख गर्दै समाधानको पहल गर्न माग गरेका छन् ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत् आयोजना निर्माण पहाडी र हिमाली क्षेत्रमा मात्रै हुने र ती क्षेत्र कुनै न कुनै निकुञ्ज वा संरक्षण क्षेत्रका नाममा राखिएकाले ती क्षेत्रमा पहिचान गरिएका १८ हजार मेगावाट क्षमताका २०० बढी जलविद्युत् आयोजनाको भविष्य अन्योलमा परेको बताए ।
उनले निजी क्षेत्रले आयोजना पहिचान गर्न अर्बौँ रुपैयाँ खर्च गरिसकेकोले लगानीको सुरक्षाका लागि पनि आयोजना निर्माणमा सहजीकरण गरिदिन देउवासँग आग्रह गरे ।
इप्पानका महासचिव बलराम खतिवडाले निकुञ्ज र संरक्षण क्षेत्रमा परेका जलविद्युत् आयोजनालाई ती निकायबाट अध्ययन सहमति नदिइएकाले दर्जनौँ आयोजनाको लाइसेन्स नै खारेज हुने अवस्थामा पुगेको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता