काभ्रेपलाञ्चोक । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् ।
उनले काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई आज सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताए।
“दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाए अनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भने। उनले काँग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे। उनले भने “सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ ।” उनले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोही अनुसार गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०५ असोज २०८१, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति देउवाले नै विशेष महाधिवेशनको उद्घाटन गर्ने गगन-विश्व पक्षको विश्वास
वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा
‘अहिलेको परिवर्तनमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान छ’: सभापति देउवा
‘निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको छ’: सभापति देउवा
शिक्षकको जायज माग पूरा गरौं : देउवा