यी ५ बानीले आउन सक्छ पुरुषको प्रजनन क्षमतामा कमी

विहीबार, २५ असोज २०७५, १४ : १३
यी ५ बानीले आउन सक्छ पुरुषको प्रजनन क्षमतामा कमी

विश्वमा पुरुष प्रजनन क्षमता क्रमश घट्दै गईरहेको छ । जसको कारण अस्वस्थ जीवनशैलीलाई मानिएको छ । खराब बानीका कारण पुरुषको स्वास्थ्य मात्र होइन शुक्राणुको गुणस्तरमा समेत कमी आउँछ  र कम उमेरमै पुरुषको प्रजनन क्षमतामा ह्रास आउँछ । 
यी गल्तिबाट बच्नका लागि तपाईलाई आफ्नो खराब बानीहरुको बारेमा जानकारी हुनु पर्छ, जसबाट आफ्नो प्रजनन क्षमता प्रभावित हुन्छ । 

ल्यापटपको प्रयोग 

विश्व दिनप्रतिदिन डिजिटलाइजेशन हुँदै गइरहेको छ । आजभोली सबै व्यक्तिहरु स्मार्ट फोन, ल्यापटप, कम्प्युटर जस्ता डिजिटल प्रविधिहरुको प्रयोग गर्छन । तर तपाईलाई यो जानकारी नहुन सक्छ, तपाईले प्रयोग गर्ने उपकरणहरुले प्रजनन क्षमतामा ह्रास ल्याउँछ । ल्यापटपलाई काखमा राखेर काम गर्ने बानी छ भने यसलाई हटाउनु पर्छ । लामो समयसम्म ल्यापटप काखमा राखेर प्रयोग गर्दा प्रजनन क्षमतामा कमी आउन सक्छ । ल्यापटप काखमा राख्दा अण्डकोषको तापक्रममा वृछि हुन्छ, जसले गर्दा शुक्रकीटको गुणस्तरियता कमजोर हुन सक्छ । 
 

तातोपानीले नुहाउनु 

तातोपानीले नुहाउँदा पनि तपाईको प्रजननमा प्रभाव पार्छ । तातोपानीले छालालाई डिहाड्रेट गर्छ र छालामा दाग बस्ने सम्भावना धेरै हुन्छ । यसबाहेक पाचन प्रणालीमा समेत असर पु¥याउँछ । शरिरमा अन्य अंग भन्दा अण्डकोषको तापक्रम कम राख्नु आवश्यक हुन्छ । तातोपानीले नुहाउँदा अण्डकोषमा असर पुर्याउँछ । तातोपानीले नुहाउँदा २५–२६ डिग्री सेल्सियस भन्दा धेरै तातोपानी हुनुहुँदैन । 
 

राती अबेरसम्म बस्नु

मानिसका लागि ६–७ घण्टा निन्द्रा अनिवार्य आवश्यक हुन्छ । निन्द्रा पर्याप्त नभएमा धेरै किसिमका समस्याहरु आउँछन् । अपर्याप्तका निन्द्राका कारण मानिसको शरिरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, जसका कारण विभिन्न रोगको संक्रमण हुन सक्ने सम्भावना हुन्छ र मानिसको शरिरको प्रजनन क्षमतामा ह्रास आउँछ । 

तनाव 

जागिर, पढाई, परिवार आदि विभिन्न कारणले आजभोली मानिसहरु धेरै डिप्रेसनको शिकार हुन्छन् । मानसिक तनाव र चिन्ताका कारण प्रजनन क्षमतामा समेत असर पुग्छ । यसले पुरुषको शुक्रकीटको गुणस्तरियतामा कमी ल्याउँछ । यसकारण तनावको व्यवस्थापन गर्नु अत्यन्त आवश्यक छ । जसका लागि योगाभ्यास, प्राणायाम, ध्यान, व्यायाम आदिलाई निरन्तरता दिन सकिन्छ । 

धुमपान र मद्यपानको लत 

धुमपान र मदिराको सेवनका कारण गम्भिर समस्या शरिरमा देखिन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । धुमपान र मद्यपानले मानिसको हर्मोन उत्पादनलाई प्रभावित गर्छ, जसले गर्दा पुरुषमा नपुंसकताको खतरा बढी हुन्छ । यसकारण मद्यपान तथा धुम्रपान पुरुष प्रजनन स्वास्थ्यका लागि हानिकारक छ । 

प्रतिक्रिया दिनुहोस