वासिङ्टन डीसी । अमेरिकी व्यापारी एलन मस्क छिटै १० खर्ब डलरको मालिक बन्ने बाटोमा छन् । विद्युतीय सवारी साधनदेखि सामाजिक सञ्जाल अनि अन्तरिक्ष अन्वेषण कम्पनीसम्म फैलिएको उनको व्यापार साम्राज्यले उनलाई छिटै विश्वको पहिलो १० खर्ब डलरको मालिक बनाउने छ ।
मस्कले जस्तो खालको व्यावसायिक सफलता पाएका छन् । यसलाई अधिकांशले सबैभन्दा प्रभावशाली र विवादास्पद भन्छन् । विद्युतीय सवारी साधन बनाउने कम्पनी टेस्लाका हाकिम अहिले नै विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । बलुम्बर्ग रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार मस्कको नेटवर्थ २ खर्ब ५० अर्ब अमेरिकी डलर छ ।
मस्कको सम्पत्ति सन् २०२७ सम्ममा १० खर्ब डलरमा उक्लिने बाटोमा रहेको इन्फर्मा कनेक्ट एकेडेमीले भनेको छ । बर्सेनि मस्कको सम्पत्ति औसत ११० प्रतिशतका दरले बढिरहेको छ । यसलाई हेर्दा उनी छिटै १० खर्ब डलरको मालिक बन्ने कुरालाई नकार्न सकिन्न । तर यसमा मस्कलाई कडा टक्कर दिनेहरू नभएको भने होइन ।
अमेरिकी कम्प्युटर चिप निर्माता कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई सन् २०२८ मा १० खर्बपछि बनाउन सक्ने इन्फर्माले भनेको छ । हुआङ एनभिडियाका सीईओ र सह–संस्थापक हुन् ।
बलुम्बर्ग रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार उनको नेटवर्थ अहिले झन्डै १ खर्ब ४ अर्ब डलर छ । भारतीय व्यापारी गौतम अदानी पनि सन् २०२८ सम्ममा यो हैसियतमा उक्लिने अनुमान गरिएको छ ।
मस्क सो हैसियतमा पुग्छन् कि पुग्दैनन् भन्ने कुरा चाँहि टेस्लाको सफलतामा निर्भर रहनेछ । टेस्लामा मस्कको करिब १३ प्रतिशत शेयर छ । अहिलेको बजार मूल्यका अनुसार यो भनेको ९३ अर्ब डलर हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ पार्टी खोल्ने एलन मस्कको घोषणा
ट्रम्पसँगको खटपटपछि एलन मस्कले गरे नयाँ राजनीतिक दल गठनको घोषणा
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क