काठमाडौँ । एमाले नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गरेका छन् ।
सहकारी ठगीसम्बन्धी छानबिन समितिले दिएको प्रतिवेदनअनुसार उनीविरुद्ध मुद्दा चल्ने उनको दाबी छ । बाँस्कोटाले वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए चितवन–२ मा फेरि उपनिर्वाचन हुने अवस्था रहेको समेत सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।
‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाचवर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविदका वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ। ७८औं जिल्ला त्यसै भन्या रैनछ चितवनलाई’, उनको भनाइ छ।
सूर्य थापा नेतृत्वको समितिले लामिछानेलाई सहकारीको रकम अपचलनमा कारबाही सिफारिस गरेको छ । तर, लामिछानेसहित रास्वपाका नेताहरुले भने क्लिन चिट पाएको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा