काठमाडौँ । एमाले नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गरेका छन् ।
सहकारी ठगीसम्बन्धी छानबिन समितिले दिएको प्रतिवेदनअनुसार उनीविरुद्ध मुद्दा चल्ने उनको दाबी छ । बाँस्कोटाले वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए चितवन–२ मा फेरि उपनिर्वाचन हुने अवस्था रहेको समेत सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।
‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाचवर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविदका वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ। ७८औं जिल्ला त्यसै भन्या रैनछ चितवनलाई’, उनको भनाइ छ।
सूर्य थापा नेतृत्वको समितिले लामिछानेलाई सहकारीको रकम अपचलनमा कारबाही सिफारिस गरेको छ । तर, लामिछानेसहित रास्वपाका नेताहरुले भने क्लिन चिट पाएको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा
तत्काल पार्टी फोरम आयोजना गर, हाइज्याक प्रयास नगर: गोकुल बास्कोटा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गोकुल बाँस्कोटाको आपत्ति
लिपुलेक प्रकरणमा नेपालले प्रष्ट अडान राखेको छ : गोकुल बास्कोटा
संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? भन्दै संसदमा गोकुल बाँस्कोटाले उठाए प्रश्न
राजसंस्था फर्काउने कुरा आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो : गोकुल बास्कोटा