काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत ९ जनालाई यसवर्षको 'राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार-२०८१' ले सम्मान गर्ने भएको छ ।
उनीहरूलाई राष्ट्रिय शिक्षा दिवसको सन्दर्भमा बुधबार पुरस्कार वितरण गर्ने कार्यक्रम छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यसवर्षको शिक्षा दिवसमा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार पाउने ९ जनाको नाम सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार यो वर्ष स्वास्थ्य क्षेत्रतर्फ चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा पवनकुमार हमाल पुरस्कृत भएका छन् ।
त्यस्तै, वातावरणतर्फ काठमाडौं विश्वविद्यालयकी उपप्राध्यापक डा नानी राउत, ऊर्जातर्फ पुल्चोक क्याम्पसकी सहप्राध्यापक डा श्रीराज शाक्य र कृषितर्फ कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा माधवप्रसाद पाण्डेय पुरस्कृत भएका छन् ।
उच्च शिक्षा (प्राज्ञिक)तर्फ काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा विराजसिंह थापा र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा विनोद दवाडी पुरस्कृत भएका छन् भने विद्यालय शिक्षातर्फ काठमाडौंको पृथ्वी नारायण माविका विज्ञान शिक्षक योगेन्द्रप्रसाद बसौला, विज्ञान तथा प्रविधि पत्रकारितातर्फ नेपाल विशेष अनलाइनका पत्रकार छत्र कार्की र कर्मचारीतर्फ मन्त्रालयकी सि.डि.ई. मनिषा महर्जनलाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण
दैनिक दुई सय लिटर दूध बेच्ने किसानलाई डेढ लाख पुरस्कार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले गरे पुरस्कार वितरण