काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरी पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएका चौधरीले पार्टी महासचिव घनश्याम भुसालले सोधेको स्पष्टीकरणको जवाफ फर्काएका हुन् । आफू राष्ट्रियताको बारेमा प्रष्ट रहेको भन्दै जवाफ आएको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।
उनले भने, ‘मैले त्यो मनसायले भनेको होइन । केपी ओलीले महाकाली सन्धि गर्दा सीमाना नछुट्याएकाले महाकालीलाई सीमा मानेको छ तर रेखाङ्कन नगरेको हुनाले यो समस्या मैले प्रष्ट पार्न खोजेको थिएँ । यो भारतको भूमि हो भन्न मैले खोजेको होइन । म राष्ट्रियताको बारेमा कहिल्यै सम्झौता पनि गर्दिनँ भनेर पत्र बुझाउनुभएको छ ।’
पार्टीले मौखिमरूपमा सचेत गराएपनि कारवाही नगर्ने उनको भनाइ छ । उनले थपे, ‘पार्टीले कारवाही गर्दैन उहाँले आफ्नो धारणा प्रष्ट पारिसक्नुभएको छ । यो विषयमा कारवाही गरिहाल्नु पर्ने विषय होइन । उहाँलाई अब पार्टीको बैठकमा बोल्दा ख्याल गर्नुस् भनेर मौखिक रुपमा सचेत गराइन्छ ।’
त्यसो त २०७७ चुच्चे नक्साको विरोध गर्दा तत्कालीन समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको थियो । त्यसबेलामा सांसद रहेकी गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा उभिएका थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन
कोशीको मंसिर र मधेश प्रदेशको पुसमा अधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने
एकीकृत समाजवादीको बैठक निष्कर्षविहीन, झलनाथले ल्याए लिखित प्रस्ताव
कार्यविभाजन गर्न एकीकृत समाजवादीको कार्यदल बैठक जारी
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै