चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट त्रिशूली नदी किनारमा खसेको भेटिएको ट्रकको दुर्घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् डीएसपी भेषराज रिजालका अनुसार आज बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको भेटिएको थियो ।
तर त्यसका चालक र सहचालक भने सम्पर्कविहीन छन् । दुर्घटना शंकास्पद मानेर प्रहरीले चालक र सहचालकको खोजी गरिरहेको छ ।
डिएसपी रिजालका अनुसार उक्त ट्रक भैरहवाबाट सनफ्लावर (सूर्यमुखी) तेल लोड गरेर ललितपुर जाँदै थियो ।
राति करिब ८ बजेतिर उक्त ट्रक त्यहीँ सिमलतालनेर रोकिएको देखिएको थियो । ‘राति जुन ठाउँमा रोकिएको देखिएको थियो, त्यहाँबाट थोरै अगाडि बढेर ट्रक तल खसेको पाइएको छ,’ डिएसपी रिजालले भने ।
उनका अनुसार उक्त ट्रक भैरहवाबाट २ हजार २२५ कार्टुन सूर्यमुखी तेल लोड गरेर ललितपुरका लागि प्रस्थान गरेको थियो । तर त्रिशूली किनारमा भेटिएको ट्रकमा आधा जति तेल छैन । त्यहाँ तेल पोखिएको वा खसेको निशान पनि नभएकाले प्रहरीले दुर्घटनालाई शंकास्पद मानेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु