काठमाडौँ । जनमत पार्टीले आइतबारदेखि विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बर्दिया जिल्लाबाट सुरु हुने प्रशिक्षण कार्यक्रम असोज १४ गतेसम्म सञ्चालन हुने जनमत पार्टीले जनाएको छ ।
यो प्रशिक्षण बर्दिया, बाँके, कपिलवस्तु, नवलपरासी, रुपन्देही, धनुषा, महोत्तरी, सर्लाही, रौतहट बारा, पर्सा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा गरी १६ वटा जिल्लामा दिइने बताइएको छ ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले यो राजनीतिक प्रशिक्षण भएको समेत बताए । उनले पार्टीका अध्यक्ष डा.सिके राउतलगायत अन्य शीर्ष नेताहरूले प्रशिक्षण दिने बताए ।
दसैँअघि नेता तथा कार्यकर्तालाई भेटघाट तथा राजनीतिक प्रशिक्षण दिनका लागि यो कार्यक्रम तय भएको बताउँदै उनले यस्तो कार्यक्रम देशैभर गर्ने बताए । उनले यो पहिलो चारणको कार्यक्रम रहेको बताए ।
सरकार सञ्चालन, देशको समसामयिक राजनीतिक अवस्था, ८४ को चुनाव लगायतका विषयमा पार्टीले प्रशिक्षण दिने उनले बताए । खानले जिल्लामा कार्यसमिति बनिरहेकोले चाँडै नै घोषणा गर्ने तयारी भइरहेको समेत बताए ।
‘हाल जिल्लामा इन्चार्जहरू मात्र तोकिएका छन् । सोही इन्चार्जहरूले प्रशिक्षणको व्यवस्था गर्छन्’ उपाध्यक्ष खानले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ भदौ २०८१, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा